भारतीयलाई नागरिकता बनाइदिएको आरोपमा वडाध्यक्ष पक्राउ नवलपरासी। भारतीय नागरिकलाई नक्कली नागरिकता बनाइदिएको आरोपमा नवलपुर–६ का वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटा पक्राउ परेका छन्। उनीसहित आठजनाले जमिर देवन नाम गरेका भारतीयलाई स्थानीय भन्दै नक्कली सिफारिसको आधारमा नागरिकता बनाइदिएका थिए। पक्राउ पर्नेमा वडाध्यक्ष सापकोटासहित सदस्य पवित्रा सापकोटा, भारतीय नागरिक जमिर देवन, नक्कली बाबु सफीअल्ला मियाँ र चारजना साक्षीहरु रहेको प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले बताइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्