काठमाडौं। भारतीय सहयोगमा पुनर्निर्माण भएका निजी घरहरू ७ माघमा हस्तान्तरण गरिने भएको छ।
भारतीय सहयोगमा नुवाकोट र गोरखामा कूल ५० हजार निजी आवास पुनर्निर्माण भएका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार गोरखामा मात्र २७ हजार घरको पुनर्निर्माण भएको छ।
भारतले सहयोग गरेका निजी आवास पुनर्नर्माणको काम ९० प्रतिशतभन्दा माथि पुगेका कारण घर हस्तान्तरण गर्न लागिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता, सहसचिव यामलाल भुसालले देखापढीलाई जानकारी दिए।
७ माघमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडिओ कन्फ्रेन्सबाट घर हस्तान्तरण गर्नेछन्। सिंहदरबारमा प्रधानमन्त्री ओली र दिल्लीबाट भारतीय प्रधानमन्त्री मोदी भिडिओ कन्फ्रेन्समा जोडिने छन्।
निजी आवास पुनर्निर्माणतर्फ भारतले ‘नेपाल आवास पुनर्निर्माण परियोजना’मा लगानी गरेको थियो।
पुनर्निर्माण प्राधिकरणले मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन उद्घाटनकै दिन हस्तान्तरण गर्ने तयारी गरिएपनि प्राविधिक कारण हुन सकेको थिए।