मछिन्द्रकाे पहिलाे हार, हिमालयन शेर्पाकाे पहिलाे जित
काठमाडौं। उपाधि दाबेदार मछिन्द्र फुटबल क्लबले आज एन्फा मुख्यालयको मैदानमा रेलिगेशनबाट जाेगिन संघर्ष गरिरहेको हिमालयन शेर्पालाई २–० को नतिजा सुम्पिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तय गरिएपछि निरन्तर वर्षाका कारण अखिल नेपाल फुटबल संघ (एन्फा)ले सातदोबाटो सारेको थियो।

हिमालयन शेर्पाले पहिलो मिनेटमै अग्रता लिएको थियो। विनोद गुरुङको क्रस क्लियर गर्ने क्रममा मछिन्द्रका पिटर सेगुनले आफ्नै पोष्टमा गाेल गरेका थिए। जारी सिजन लिगमा यो सबभन्दा चाँडो भएको भएको गोल हो।

२०औं मिनेटमा हिमालयन शेर्पाले अग्रता दोब्बर बनायो। निरज बस्नेतको फ्रिकिकमा विजय श्रेष्ठले हेडमार्फत् पोष्टको दिशा दिएका थिए। त्रिदेभ गुरुङलाई मछिन्द्रका योगेश गुरुङले फाउल गरेपछि हिमालयन शेर्पाले फ्रिकिक पाएको थियो।

लिगमा मछिन्द्रको यो पहिलो हार हो भने हिमालयन शेर्पाले पहिलो जित हो। हारसँगै मछिन्द्रले शीर्ष स्थानमा तीन अंकको स्पष्ट अग्रता लिने मौका गुमायो। मछिन्द्र र त्रिभुवन आर्मी क्लबको समान १३ अंक छ।

लिगमा पहिलो जितसँगै हिमालयन शेर्पा नवौं स्थानमा उक्लिएको छ। सात अंक जोडेको हिमालयन शेर्पाले दुई खेल हारेको छ भने चार खेल बराबरी खेलेको छ। ब्रिगेड ब्वाइजको पनि सात अंक छ तर गोलअन्तरमा हिमालयन शेर्पा अगाडि रहेको हो।

प्रतिक्रिया दिनुहोस्