हप्ताको चार दिन ताप्लेजुङको सुकेटार विमानस्थल सञ्चालनमा काठमाडौं। कोभिडको कारण दुई महिनादेखि नियमित उडान बन्द भएको ताप्लेजुङको सुकेटार विमानस्थल सञ्चालनमा आएको छ। आज विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाज अवतरण भएको हो। हवाईजहाजले ताप्लेजुङबाट १६ जना यात्रु काठमाडौं लिएर आएको छ। निगमले गत सोमबारदेखि नै नियमित उडान सुरु गरेको थियो। सुकेटारमा हप्ताको चार दिन सोमबार, बुधबार, शुक्रबार र शनिबार नियमित उडान हुने सुकेटर विमानस्थल कार्यालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्