राष्ट्रपतिको हत्या भएपछि हाइटीले माग्यो विदेशी सेना एजेन्सी। गत बुधबार राष्ट्रपति जोभेनेल मोइसको हत्या भएपछि हाइटीले विदेशी राष्ट्रलाई आफ्ना सेना पठाउन अनुरोध गरेको छ। हाइटीले अमेरिका र संयुक्त राष्ट्रसंघ मार्फत विदेशी सेना पठाउन अनुरोध गरेको हो। अमेरिकाले आफ्ना सेना हाइटी नपठाउने बताइसकेको छ। हाइटीले देशमा रहेका प्रमुख पूर्वाधारको रक्षाको लागि विदेशी सेना मागेको हो। अब राष्ट्रसंघले हाइटीमा कुन देशका शान्ति सेना पठाउने भन्ने निर्णय गर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्