“म अमेरिका बसाइँ सरेको हुँ र शुरूमा क्यालिफोर्नियामा क्याफे सञ्चालन गरेको थिएँ। तर, बारमा अनौठा खालका मान्छेहरू आउँथे”, सुकरले भने, “अहिले म उबर ड्राइबर हुँ र गुजाराका लागि किताब पनि बेच्छु।”
सुकरका अनुसार उनको घर, व्यापार र बैंक अकाउन्ट सबै एर्डोगन सरकारले कब्जा गरिसकेको छ।
सुकरले आफूले कुनै अपराध नगरेको पनि बताएका छन्।
“उक्त घटनामा कसैले पनि मेरो भूमिका यो हो भनेर भन्न सकेका छैनन्”, सुकरले थपे, “मैले कहिल्यै पनि कुनै अवैध काम गरेकाे छैन। म गद्दार वा आतंककारी होइन।”
सुकरले यस विषयमा बोलेको यो पहिलो पटक भने होइन। उनले यसअघि न्युयोर्क टाइम्ससँग पनि भनेका थिए- “त्यो मेरो देश हो। म त्यहाँका मान्छेहरूलाई माया गर्छु। तथापि नियन्त्रित मिडियामार्फत् म प्रति उनीहरूको धारण विकृत गराइएको छ।”
सुकरको कथाले एर्डोगन सरकारमाथि प्रश्न उठेको छ। सन् २०१८ मा इङ्लिस प्रिमियर लिग क्लब आर्सनलबाट खेल्ने जर्मन फुटबलर मेसुट ओजिलले टर्कीका राष्ट्रपतिसँग तस्वीर खिचाएपछि जर्मन फुटबल फेडेरेसन (डिएफबी) र सरकारले ओजिलको आलोचना गरेको थियो।
उक्त आलोचनामा भनिएको थियो, “फुटबल र डिएफबीले ती मान्यताहरूको रक्षा गर्छ, जसलाई एर्डोगनले सम्मान गर्दैनन्।”
"> गुजाराका लागि ट्याक्सी चलाउँछन् यूरोपका स्टार फुटबलर: Dekhapadhi
गुजाराका लागि ट्याक्सी चलाउँछन् यूरोपका स्टार फुटबलर
काठमाडौं। नब्बेको दशकमा फुटबल हेर्नेका लागि हकन सुकर नौलो नाम होइन। उनको नाम नसुन्ने फुटबलप्रेमी सायदै होलान्।
हकन अर्थात् टर्कीका पूर्वस्टार फरवार्ड। देशका लागि सबभन्दा धेरै गोल गर्ने खेलाडी। यूरोपकै उत्कृष्ट खेलाडीमध्येका एक। एक ‘लिजेन्ड’।
उनै ‘लिजेन्ड’ अहिले निर्वासनमा छन्। अमेरिकामा निर्वासित जीवन चलाउन उनी ट्याक्सी चलाउछन्। किताब बेच्छन्। सुन्दा विश्वास नलाग्न सक्छ। तर, यो सत्य हो।
जर्मनीको एक पत्रिकालाई सुकरले दिएको अन्तर्वार्तामा उल्लेख भएअनुसार सन् २००८ मा फुटबलबाट सन्यास लिएपछि उनको जीवनले अर्कै मोड लियो। सामान्य ढंगले चलेन।
टर्कीका राष्ट्रपति रेसेप ताएप एर्डोगनसँगको सम्बन्धमा दरार उत्पन्न भएपछि उनलाई झुटा आरोपमा फसाइयो। त्यसपछि उनलाई ज्यान मार्नेसम्मका धम्की आउन थाले। आर्थिक स्रोत कमजोर हुँदै गयो।
“मेरो केही बाँकी छैन। एर्डोगनले सबैथोक खोस्यो। मेरो स्वतन्त्रताको हक। अभिव्यक्ति स्वतन्त्रता र काम गर्न अधिकार सबै खोस्यो”, सुकरले भनेका छन्।
सुकरले १९९२ देखि २००२ को विश्वकपसम्म टर्कीको राष्ट्रिय टोलीबाट खेल्दा ११२ खेलमा ५१ गोल गरेका छन्। जापान र दक्षिण कोरियामा सम्पन्न २००२ को विश्वकपमा टर्कीले तेस्रो स्थानसम्मको यात्रा गर्दा सुकरले महत्त्वपूर्ण भूमिका वहन गरेका थिए।
इटालियन सिरी ए क्लब इन्टर मिलान र इङ्लिस क्लब ब्ल्याकबर्न रोभर्सका पूर्व फरवार्ड सुकरले फुटबल जीवनको अधिकांश समय आफ्नै देशको प्रमुख क्लब गालातासारेमा बिताए। टर्कीको सुपर लिगमा उनी धेरै गोल गर्ने खेलाडीको सूचीमा अहिले पनि शीर्ष स्थानमा छन्।
फुटबलबाट सन्यास लिएपछि उनी राजनीतिमा प्रवेश गरे। सन् २०११ मा सुकर टर्कीको सांसदमा निर्वाचित भए, एर्डोगनको पार्टी जस्टिस एण्ड डेभेलपमेन्टबाट।
अमेरिकामा बसोबास गर्ने सुकरले उक्त कुख्यात प्रयासको भ्रर्त्सना गरेका थिए। तर, टर्कीको सरकारी मिडियाले उनलाई फेथुल्लाहको आतंकवादी संगठनको भगौडा सदस्य भनेर आरोप लगायो।
उक्त रिपोर्टमा उनी ३० लाख अमेरिकी डलर पर्ने घरमा बस्ने गरेको र सान फ्रान्सिस्कोमा धनाढ्यहरू बस्ने क्षेत्र ‘पालो अल्टो’मा क्याफे सञ्चालन गरेको उल्लेख थियो।
तर, सुकर भने अर्कै कथा सुनाउँछन्।
“म अमेरिका बसाइँ सरेको हुँ र शुरूमा क्यालिफोर्नियामा क्याफे सञ्चालन गरेको थिएँ। तर, बारमा अनौठा खालका मान्छेहरू आउँथे”, सुकरले भने, “अहिले म उबर ड्राइबर हुँ र गुजाराका लागि किताब पनि बेच्छु।”
सुकरका अनुसार उनको घर, व्यापार र बैंक अकाउन्ट सबै एर्डोगन सरकारले कब्जा गरिसकेको छ।
सुकरले आफूले कुनै अपराध नगरेको पनि बताएका छन्।
“उक्त घटनामा कसैले पनि मेरो भूमिका यो हो भनेर भन्न सकेका छैनन्”, सुकरले थपे, “मैले कहिल्यै पनि कुनै अवैध काम गरेकाे छैन। म गद्दार वा आतंककारी होइन।”
सुकरले यस विषयमा बोलेको यो पहिलो पटक भने होइन। उनले यसअघि न्युयोर्क टाइम्ससँग पनि भनेका थिए- “त्यो मेरो देश हो। म त्यहाँका मान्छेहरूलाई माया गर्छु। तथापि नियन्त्रित मिडियामार्फत् म प्रति उनीहरूको धारण विकृत गराइएको छ।”
सुकरको कथाले एर्डोगन सरकारमाथि प्रश्न उठेको छ। सन् २०१८ मा इङ्लिस प्रिमियर लिग क्लब आर्सनलबाट खेल्ने जर्मन फुटबलर मेसुट ओजिलले टर्कीका राष्ट्रपतिसँग तस्वीर खिचाएपछि जर्मन फुटबल फेडेरेसन (डिएफबी) र सरकारले ओजिलको आलोचना गरेको थियो।
उक्त आलोचनामा भनिएको थियो, “फुटबल र डिएफबीले ती मान्यताहरूको रक्षा गर्छ, जसलाई एर्डोगनले सम्मान गर्दैनन्।”
प्रतिक्रिया दिनुहोस्