दुई दिने भ्रमणका लागि म्यानमार पुगे चिनियाँ राष्ट्रपति सी
काठमाडौं। चीनका राष्ट्रपति सी चिनफिङ दुई दिने राजकीय भ्रमणका लागि म्यानमार पुगेका छन्। आज दिउँसो उनी त्यहाँको राजधानी नेपित पुगेको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन्।

म्यानमारमा चिनियाँ राष्ट्रपति १९ वर्षपछि भ्रमणका लागि गएका हुन्। दुई दिने बसाईको क्रममा सी म्यानमारका राष्ट्रपति यु विन मिन्टले आयोजना गरेका आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुनेछन्। स्टेट काउन्सिलर आङ साङ सुकीसँग वार्ता गर्नेछन्। सेनापति मिन अङसँग भेट्नेछन्। र म्यानमारका नेताहरुसँग विचार आदानप्रदान गर्नेछन्।

राष्ट्रपति सी चीन र म्यानमारबीच दौत्य सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सव समारोहमा पनि सहभागी हुनेछन् भने ‘चीन–म्यानमार संस्कृति र पर्यटन वर्ष’ कार्यक्रमको उद्घटान पनि गर्नेछन्।

नेपाल भ्रमणमा आउँदाजस्तै सीले म्यानमार भ्रमणको क्रममा पनि त्यहाँका पत्रिकामा लेख प्रकाशन गरेका छन्। उनको लेखको शीर्षक छ – ‘हाम्रो सहस्राब्दी पुरानो पक–फ मित्रतामा नयाँ अध्यायको लेखन।’

म्यानमारको भाषामा पक–फको अर्थ एउटै आमाबाट जन्मिएका सन्तान भन्ने हुन्छ। “यो शब्दले दुई देशका जनताबीचको मातृत्वपूर्ण भावना अभिव्यक्त गर्छ र यसले प्राचीन कालदेखिको सम्बन्धलाई सम्झाउँछ”, सीले लेखेका छन्।

चीन–म्यानमार सम्बन्धमा म्यानमारको महत्वपूर्ण भूमिका छ। सन् १९४९ मा जनवादी गणतन्त्र चीन स्थापना भएपछि उसलाई मान्यता दिने पहिलो फरक राजनीतिक व्यवस्था भएको देश म्यानमार थियो।

त्यस्तै म्यानमारको ठूलो व्यापार साझेदार चीन हो। सन् २०१९ का अघिल्ला ११ महिनामा दुई देशबीचको व्यापार १६.८ अमेरिकी डलर पुगेको थियो। त्यस्तै म्यानमारमा भित्रिने वैदेशिक लगानीमा पनि चीन अगाडि छ।

प्रतिक्रिया दिनुहोस्