नेपाल–भारतबीच रेल सेवा सम्बन्धी ‘लेटर अफ एक्सचेन्ज’मा हस्ताक्षरः अब भारतीय रेल सञ्जालको प्रयोग गर्न पाइने काठमाडौं। नेपाल सरकार र नेपालका व्यापारीहरुले अब भारतको रेल सञ्जाल प्रयोग गरि मालबहाल रेलबाट मालसामानको ओसारपसार गर्न पाउने भएका छन्। आज नेपाल र भारतबीच ‘नेपाल–भारत रेल सेवा सम्झौता २००४’ का आदानप्रदान पत्र (लेटर अफ एक्सचेन्ज)मा हस्ताक्षर भएसँगै नेपालले यो सुविधा पाएको हो। तेस्रो मुलुकबाट आएका सामान भारतका बन्दरगाहबाट नेपालसम्म ल्याउन भारतीय रेलमार्ग सञ्जालको प्रयोग गर्न पाउनेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्