बंगलादेशमा उद्योगमा आगलागी हुँदा ४० जनाको मृत्यु बंगलादेशको राजधानीको रुपगञ्ज क्षेत्रमा बिहीबार एक उद्योगमा आगलागी हुँदा ४० जनाको मृत्यु भएको छ । ६ तालको एक उद्योगमा भएको आगलागीमा ४० जनाको मृत्युसँगै ३० जना घाइते भएका छन् । माथिल्लो तलामा आगलागी भई भाग दौड मच्चिदा धेरै मानिसको ज्यान गएको हो । अझै उद्योगभित्र केही मानिस फसिरहेको बताइएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्