सबै अमेरिकी सेनाले ३१ अगस्टसम्ममा अफगानिस्तान छाड्ने एजेन्सी।अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सबै अमेरिकी सेना फिर्ता गर्ने नीतिको बचाउ गरेका छन्।उनले ३१ अगस्टसम्ममा अफगानिस्तानमा अमेरिकाको सैन्य अभियान समाप्त हुने जानकारी दिएका छन्।उनले अमेरिकी सेना फिर्ता गर्ने नीतिले धेरै अफगानीको ज्यान जोगिने समेत बताएका छन्।११ सेप्टेम्बर, २००१ मा अलकायदाले अमेरिकामा हमला गरेपछि अमेरिकी सेनाले २० वर्षअघि अफगानिस्तानमा हमला गरेको थियो। अमेरिकी सेना फिर्तासँगै तालिबानको प्रभाव बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्