कोभिड–१९ र लकडाउनले बढायो महिला हिंसा काठमाडौं। चालु आर्थिक वर्षको पहिलो ११ महिनामा महिला तथा बालबालिकासम्बन्धी मुद्दामा वृद्धि भएको छ। यो अवधिमा दैनिक औषतमा १२.५८वटा महिला तथा बालबालिकासम्बन्धी हिंसाका घटना नेपाल प्रहरीमा दर्ता भएका हुन्। गतआर्थिक वर्षमा औषतमा दैनिक ११.२१ घटना दर्ता भएका थिए। चालु आर्थिक वर्षको जेठ मसान्तसम्म चारहजार ३०२वटा महिला बालबालिका सम्बन्धी अपराधका मुद्दा दर्ता भएका छन्। यो संख्या गत आर्थिक वर्षमा चारहजार ९२थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्