मनसुन सुरु भएयता बाढीपहिरो र डुबानमा परी ५१ जनाको मृत्यु, २९ जना बेपत्ता काठमाडौं। अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३०गतेदेखि बिहीबार दिउँसोसम्म ५१जनाको मृत्यु भएको हो। नेपाल प्रहरीका अनुसार मृत्यु हुनेहरूमा २६जना पुरुष, १५जना महिला, पाँचजना बालक र पाँचजना बालिका रहेका छन्। पछिल्लो २४घण्टामा बाढी, पहिरो र डुबानमा परी दार्चुलामा तीनजना, पाल्पामा दुईजना तथा तनहुँ र दाङमा १÷१जना गरी जम्मा सातजना मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्