नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्यो

चितवन। नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सवारी आवागमन प्रभावित भएको छ।

२ माघदेखिको निरन्तरको वर्षात्ले  इच्छाकामना गाउँपालिका-६ चारकीलोमा आज बिहान पहिरो खसेको हो।

पहिरोका कारण सडकमा एकतर्फी सवारी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनबाट पहिरो पन्छाउन प्रहरी खटाइएको छ।

पानी पर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउन नसकिएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए। रासस

प्रतिक्रिया दिनुहोस्