काठमाडौं। नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)ले गत वर्ष लिगमा रेलिगेशनको प्रवाधान नहटाएको भए, मछिन्द्र क्लब ‘बी’ डिभिजनमा झरी सकेको हुन्थ्यो। जारी सिजनको लिगमा मछिन्द्रको नाम-निशान हुने थिएन।
तर, एन्फाको त्यही ‘राजनीतिक निर्णय’ का कारण ‘ए’ डिभिजन लिगमा टिकेको मछिन्द्र अहिले भने उपाधि होडमा छ।
लिगमा लगभग आधा बाटो तय गरिसक्दा मछिन्द्र लिगको शीर्ष स्थानमा छ। मछिन्द्रले हात पारेको नतिजाका कारण गत वर्षको प्रदर्शन बिर्साइदिएको छ।
त्यही मछिन्द्रले आज शहीद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पाविरुद्ध प्रतिस्पर्धा गर्दैछ। मछिन्द्र उपाधि होडमा रहेको टीम हो भने हिमालयन शेर्पा रेलिगेशनबाट बच्न संघर्ष गरिरहेको छ। मछिन्द्र हारेको छैन भने हिमालयन शेर्पाले जितेको छैन।
लिगको १३ खेलमध्ये ६ खेल सकिसकेको छ। त्यसमा मछिन्द्र अपराजित रहने दुईमध्ये एक टीम हो। अर्को टीम मनाङ हो। मनाङ साविक विजेता पनि हो।
मछिन्द्र १३ अंकका साथ शीर्ष स्थानमा छ। खासमा मछिन्द्रको १४ अंक हो। तर, एन्फाले गत सिजन पुछारमा रहने दुई टोलीको नयाँ सिजन क्रमशः दुई र एक अंक घटाउने प्रवधान राखेका कारण मछिन्द्रको एक अंक घटेको हो।
मछिन्द्र जारी सिजन स्टार खेलाडीले भरिएको एकमात्र टीम हो। सबै खेलाडी एक से एक छन्।
तर, मनाङसँगको खेलमा भएको विवादमा एन्फाले तीन खेलाडीलाई दुई खेलको प्रतिबन्ध लगाइदिएपछि मछिन्द्र पनि संकटमा छ।
हेमन गुरूङ एक साताको बिदा मागेर अष्ट्रेलिया गएका थिए। उनी अझै फर्किएका छैनन्।
मछिन्द्रलाई अहिले रक्षापंक्तिमा खेलाडी अभावले सताएको छ। पहिलो रोजाईका देवेन्द्र तामाङ निलम्बनमा छन्। उनको स्थानबाट खेल्ने बैकल्पिक खेलाडी विजय धिमाल पनि निलम्बनमा छन्।
यी दुई खेलाडीको निलम्बनपछि जावलाखेल युथ क्लबविरुद्धको खेलमा मछिन्द्रले १-० को संघर्षपूर्ण जित हात पारेको थियो।
रक्षापंक्तिमा खेलाडी अभावका कारण प्रशिक्षक प्रवेश कटवालले जावलाखेलविरुद्ध शुरूमा ३-५-२ को फर्मेसनमा खेलाए। मछिन्द्रले पहिलो हाफमा गोल गरे पनि निरन्तर दबाब झेलीरह्यो। त्यसैले प्रशिक्षक कटवालले दोस्रो हाफमा फर्मेसन परिवर्तन गरे, ४-३-३।
मछिन्द्रले हिमालयन शेर्पाविरुद्ध पनि ४-३-३ कै फर्मेसन खेल्नेछ।
“हिमालयन शेर्पालाई हामीले कमजोर प्रतिद्वन्द्वीका रूपमा लिएका छैनौं। शुरूको भन्दा पछिल्लो खेल हेर्नुपर्छ। उनीहरूले पछिल्लो खेल राम्रो थियो। तथापी हामी खेलका लागि तयार छौं,” कारबहीमा परेका खेलाडीबारे मछिन्द्रका प्रशिक्षक कटवालले भने, “दुवै खेलाडी निलम्बनमा हुँदा टीममा असर परेको छ। तर, त्यसको व्यवस्थापन गरेका छौं।”
हिमालयन शेर्पा चार अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ। पुछारमा सरस्वती युथ क्लब छ। हिमालयन शेर्पाको सरस्वतीभन्दा तीन अंकले बढी हो।
हिमालयन शेर्पाले पछिल्लो खेलमा साविक विजेता मनाङलाई गोलरहित बराबरीमा रोकिदिएको थियो। त्यसको फाइदा मछिन्द्रलाई भयो।
हिमालयन शेर्पालाई खेलाडीको चोटले सताएको छ। मुख्य खेलाडी विश्वास श्रेष्ठ घाइते भइपछि हिमालयन शेर्पाको लय बिग्रेको छ।
त्रिभुवन आर्मीविरुद्धको खेलमा खुट्टामा चोट लागेपछि उनको शल्यक्रिया गरिएको थियो। उनी अब लिगमा उपलब्ध हुने छैनन्।
प्रशिक्षक सञ्जिव बुढाथोकीले विश्वासलाई केन्द्रविन्दुमा राखेर टीम बनाएका थिए। तर, विश्वास नै घाइते भएपछि प्रशिक्षक बुढाथोकीलाई टीम संयोजन मिलाउन हम्मे हम्मे परेको छ।
उनले इजिप्टबाट मोहम्मद अब्दुल्लाहलाई ल्याएका छन्। अब्दुल्लाह पनि पूर्ण फिट छैनन्। त्यसैले उनले ९० मिनेट खेल्न सकेका छैनन्।
प्रशिक्षक बुढाथोकी गतिलो स्ट्राइकरको खोजीमा थिए। तर, भेट्टाएनन्। त्यसैले उनले दक्षिण एशियाली कोटामा अर्का एक मिडफिल्डर अनुबन्ध गरेका छन्। त्यसले टीममा सुधार ल्याउने आशा गरेका छन्।
तर, रक्षापंक्तिका स्टेफन समिर डिइउबेनीले दुई पहेंलो कार्डका कारण मछिन्द्रविरुद्धको खेल गुमाउने छन्।
" /> काठमाडौं। नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)ले गत वर्ष लिगमा रेलिगेशनको प्रवाधान नहटाएको भए, मछिन्द्र क्लब ‘बी’ डिभिजनमा झरी सकेको हुन्थ्यो। जारी सिजनको लिगमा मछिन्द्रको नाम-निशान हुने थिएन।

">