आज यी नदी वरपर छ बाढीको जोखिम, सतर्कता अपनाउन महाशाखाको अनुरोध काठमाडौं। बाढी पूर्वानुमान महाशाखाले आज देशभर परिररहेको अविरल वर्षाका कारण केही नदीहरुमा बाढी आउन खतरा रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। “कोशीका सहायकक नदीहरु, सुनकोशी, भोटेकोशी, तामाकोशी, दुधकोशी, अरुण, तमोर तथा नारायणी र यसका सहायक नदीहरु, विशेषगरी त्रिशुली, बुढीगण्डकी, कालीगण्डकी, मस्र्याङ्दी लगायतमा बहाब उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह पार गर्न सक्ने पूर्वानुमान छ,” महाशाखाको विज्ञप्तिमा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्