भोजपुरमा एमसीसीको विरोध गर्ने तीन जना पक्राउ

भोजपुर। एमसीसीको विरोध गरिरहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

भोजपुर नगरपालिकास्थित देउराली चोकमा 'नो एमसीसी' लेखिएको ब्यानर टाँगेर प्रदर्शन गरिरहेको बेला प्रहरीले स्थानीय भिम राई, नगेन्द्र तामाङ र दिलकुमार राईलाई पक्राउ गरेको हो।

२ माघ साँझ पक्राउ परेका उनीहरु जिल्ला प्रहरी कार्यालय भोजपुरको हिरासतमा छन्।

भोजपुरका प्रहरी प्रवक्ता इन्सपेक्टर पाण्डव राजवंशीले सडक बीचमा बसेर गाडी छेकेकाले उनीहरुलाई पक्राउ गरिएको बताए।

"एउटा ब्यानर टाँगेर सडक अवरुद्ध पार्दै थिए। प्रहरीलाई समेत गालीगलौज र अभद्र व्यवहार गरेपछि पक्राउ गरेका हौं", राजवंशीले देखापढीसँग भने।

प्रतिक्रिया दिनुहोस्