वर्षाका कारण मछिन्द्र र हिमालयन शेर्पा क्लबको खेल दशरथ रंगशालामा नहुने <p>काठमाडौं। शहीद स्मारक &lsquo;ए&rsquo; डिभिजन लिगमा आज दशरथ रंगशलाामा हुने भनिएको मछिन्द्र र हिमालयन शेर्पा क्लबको खेल सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा हुने भएको छ।</p> <p>निरन्तरको वर्षाका कारण खेल एन्फा मुख्यालयको मैदानमा सार्नु परेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।</p> <p>&lsquo;भारी वर्षाका कारण हिमालयन शेर्पा र मछिन्द्रबीचको खेल एन्फा कम्प्लेक्समा सारिएको छ। यसबाट पर्न जाने असुविधाप्रति क्षमाप्राथी छौं,&rsquo; एन्फाले भनेको छ।</p> <p>खेल आज दिउँसो ३ बजे हुनेछ। मछिन्द्र क्लब १३ अंकका साथ शीर्ष स्थानमा छ भने हिमालयन शेर्पा ४ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ।</p>
प्रतिक्रिया दिनुहोस्