भोजपुरको ओख्रेमा प्रहरी चौकी स्थापना
<p>भोजपुर। यहाँस्थित रामप्रसादराई गाउँपालिकाको ओख्रेमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ।</p>
<p>खोटाङसँग सीमा जोडिएको त्यस क्षेत्रमा स्थानीयको लामो समयदेखिको मागपश्‍चात गृह मन्त्रालयसँगको स्वीकृतिमा अस्थायी प्रहरी पोष्‍ट राखिएको भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए।</p>
<p>प्रतिनिधि सभा सदस्य सुदन किरातीले ओख्रेको नयाँ प्रहरी पोष्टको उद्घाटन २ माघमा गरे।</p>
<p> </p>
प्रतिक्रिया दिनुहोस्
