काठमाण्डौं। गएरातिदेखि परेको पानी अहिले पनि जारी छ।
देशका पूर्वी, मध्य र पश्चिमी भेगमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण भइरहेको वर्षा र हिमपात आज पनि दिनभर जारी रहने छ।
५ माघ रातिदेखि भने देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको साथै उच्च पहाडी तथा हिमाली भेगमा हल्का देखि मध्यम हिमपात हुने र मध्य र पश्चिमका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन र चिसोबाट बच्न मौसमविद्ले अनुरोध गरेका छन्।
" /> काठमाण्डौं। गएरातिदेखि परेको पानी अहिले पनि जारी छ।देशका पूर्वी, मध्य र पश्चिमी भेगमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

">