ट्रम्पले फेसबुक, ट्विटर र गुगलविरुद्ध मुद्दा हाल्ने एजेन्सी।अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले फेसबुक, ट्विटर र गुगल कम्पनी र मुख्य कार्यकारी अधिकृतहरुविरुद्ध मुद्दा हाल्ने भएका छन्।आफूमाथि गलत तरिकाले प्रतिबन्ध लगाएको भन्दै उनले मुद्दा हाल्न लागेका हुन्। ट्रम्पले कालो सूचीमा राख्न,हटाउन वा रद्द गर्नेजस्ता प्रक्रिया रोक्न माग गरे। ६ जनवरीमा अमेरिकी संसद क्यापिटल बिल्डिङमा ट्रम्प समर्थकले हमला गरेपछि त्यसका लागि उक्साएको भन्दै ट्रम्पमाथि फेसबुक, ट्विटर र गुगलले प्रतिबन्ध लगाएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्