सीमा नाकाबाट भारत जान लागेका चार युवतीको उद्धार कञ्चनपुर। भारतीय सीमावर्ती बजार मेलाघाट भएर भारत जाँदै गरेका दोधारा चाँदनी नगरपालिका–१० का चार युवतीको उद्धार गरिएको छ। शान्ति पुनःस्थापना गृह कञ्चनपुरले सीमा नाकाबाट युवतीको उद्धार गरी प्रहरीमा बुझाएपछि प्रहरीले परिवारको जिम्मा लगाएको हो। पुनःस्थापना गृहको दोधारा चाँदनीकी परामर्शदाता रेखा भण्डारी पुजाराले अवैधरूपमा भारत जान लागेका युवती मानव बेचबिखनको उच्च जोखिममा पर्ने भएकाले उद्धार गरिएको जानकारी दिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्