धनुषा। ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान’ अन्तर्गतको छोरी बीमा शिविर प्रदेश–२ को आठवटै जिल्लामा एकैसाथ शुरू भएको छ।
मुख्यमन्त्री लालबाबु राउतले पर्साकोे विरगंजमा रहेको त्रियुद्ध माध्यमिक विद्यालयबाट अभियानको शुभारम्भ गरे। जिल्लामा प्रदेश–२ का मन्त्री, राज्यमन्त्री र उपसभामुखले अभियानको शुरूआत गरे।
सिरहाको कल्याणपुर नगरपालिकामा प्रदेश–२ का आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादव, धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, सप्तरीको बोदेबरसाइनमा उपसभामुख उपमा देव, महोत्तरीको जलेश्वरमा आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजकुमार सिंह कुशवाहा, बारामा आर्थिक मामिला तथा योजनाराज्यमन्त्री उषा यादवले अभियानको शुरूआत गरे।
माघ महीनाभरी प्रदेश सरकारले र फागुनदेखि स्थानीय तहको जिम्मेवारीमा अभियान अगाडि बढाइनेछ।
.jpg)
बेटी पढाउ, बेटी बचाउ अभियानका संयोजक प्रियंका यादवले अभियान अन्र्तगत प्रदेशमा माघदेखि जन्मिएका छोरीहरूको बीमा गरिने कार्यको शुरूआत भएको जानकारी दिइन्। प्रदेशको १३६ पालिकामा एकद्वार प्रणालीबाट जन्मदर्ता, छोरी बीमा र निःशुल्क इन्टरनेट जडान कार्य थालिएको छ।
कार्यक्रमको शुरूआत गर्दै मुख्यमन्त्री राउतले छोरीप्रतिको धारणा बदल्नु जरुरी भएको बताए। छोरासरह छोरीलाई अधिकार दिनुपर्ने भन्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले छोरीलाई अगाडि बढाउन अभियानमा जोड दिएको बताए।
" /> धनुषा। ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान’ अन्तर्गतको छोरी बीमा शिविर प्रदेश–२ को आठवटै जिल्लामा एकैसाथ शुरू भएको छ।मुख्यमन्त्री लालबाबु राउतले पर्साकोे विरगंजमा रहेको त्रियुद्ध माध्यमिक विद्यालयबाट अभियानको शुभारम्भ गरे। जिल्लामा प्रदेश–२ का मन्त्री, राज्यमन्त्री र उपसभामुखले अभियानको शुरूआत गरे।

">