काठमाडौं। विश्व फुटबल होस् या संसारभरकै चर्चित यूरोपको क्लब फुटबल, पछिल्लो एक दशक क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीले एकछत्र राज गरे। यो दशकमा कुनै खेलाडी रोनाल्डो र मेस्सीको छेउछाउसम्म आउन सकेनन् भन्दा फरक नपर्ला।

आफ्नो करिअरको लामो समय स्पेनिस क्लब रियल मड्रिडमा बिताएका र अहिले इटालियन च्याम्पियन युभेन्टसमा पुगेका पोर्चुगिज स्टार रोनाल्डो ३४ वर्ष लागिसकेका छन्। अर्को स्पेनिस क्लब बार्सिलोनाका कप्तान, अर्जेन्टिनी स्टार मेस्सी पनि ३२ वर्ष पुगिसकेका छन्।

उमेरका हिसाबले रोनाल्डो र मेस्सी दुवैले अब लामो समय सक्रिय फुटबल खेल्न सक्दैनन्। रोनाल्डो र मेस्सीको उमेर ढल्कँदै गर्दा अबको दशकमा उनीहरूको स्थान ओगट्ने खेलाडी को होलान् त?

विश्व फुटबलमा अबको दशक प्रभाव जमाउन सक्ने खेलाडीबारे फुटबल पण्डितहरूबीच चर्चा शुरू भइसकेको छ। बेलायती समाचार संस्था बीबीसी स्पोर्टस‍्का फुटबल पण्डितहरूले यसबारे तयार पारेको सूची रोचक छ। प्रस्तुत छ, सोही सूचीमा समावेश केही खेलाडीको विवरणः

१. केलियन एमबाप्पे
टीमः फ्रान्स/पेरिस सेन्ट जर्मेन (पिएसजी)
जन्म मितिः २० डिसेम्बर १९९८
पोजिसनः फरवार्ड

२१ वर्षीय एमबाप्पेले १९ वर्षकै उमेरमा फ्रान्सबाट रूसमा सम्पन्न फिफा विश्वकप २०१८ को उपाधि उचालिसकेका छन्। फ्रेन्च क्लब मोनाकोमा छँदा च्याम्पियन्स लिगमा प्रभावशाली प्रदर्शन गरेपछि उनको चर्चा एकाएक चुलिएको थियो।

एमबाप्पे अहिले नै मेस्सी र रोनाल्डोपछि विश्वकै उत्कृष्ट खेलाडीमध्येमा पर्छन्। अर्को वर्ष हुने यूरोपेली फुटबलको सरूवा बजारमा एमबाप्पे सबभन्दा महंगो खेलाडी बन्ने सभ्भावना छ। उनलाई भित्र्याउनका लागि जिनेदिन जिदानको रियल मड्रिड अग्रपंक्तिमा उभिएको छ।

अहिले पिएसजीबाट खेलिरहेका एमबाप्पे च्याम्पियन्स लिग जित्ने लक्ष्यमा छन्। २०१८ को विश्वकपमा उनले आफुलाई प्रमाणित गरिसकेका छन्। घरेलु लिगमा जस्तै पिएसजीलाई च्याम्पियन्स लिगको उपाधि जिताए भने एमबाप्पेले पहिलो पटक ‘बालोन डी‘ओर’ अवार्ड जित्ने सम्भावना बलियो हुनेछ।

२.ज्याओ फेलिक्स
टीमः पोर्चुगल/एट्लेटिको मड्रिड
जन्म मितिः १० नोभेम्बर, १९९९
पोजिसनः फरवार्ड

गत जुलाईमा २० वर्षे फेलिक्सलाई अनुबन्ध गर्न एट्लेटिको मड्रिडले क्लबको कीर्तिमानी रकम ११ करोड ३० लाख पाउण्ड खर्चिएको थियो, जुन विश्वकै तेस्रो ठुलो सरूवा रकम हो। पोर्चुगिज क्लब बेन्फिकाबाट एट्लेटिको मड्रिड आएपछि चोटबाट थलिएका फेलिक्सले आफ्नो प्रभाव जमाउन भने सकेका छैनन्।

तर, एट्लेटिकोका प्रशिक्षक डिएगो सिमोनीले अहिले फेलिक्सलाई स्वतन्त्र रुपमा खेल्न दिएका छन्। फेलिक्सको प्रेरणामा रक्षात्मकरूपमा बलियो मानिएको एट्लेटिकोको अब आक्रमण पनि बलियो हुने अपेक्षा गरिएको छ। पोर्चुगलमा जन्मे/हुर्केका फेलिक्सले आफ्नै देशका स्टार फुटबलर रोनाल्डोलाई प्रतिस्थापन गर्ने धेरैको अनुमान छ।

३. जाडोन सान्चो
टीमः इङ्ल्याण्ड/बोरूसिया डर्टमण्ड
जन्म मितिः २५ मार्च, २०००
पोजिसनः विंगर

१९ वर्षीय सान्चोले यूरोपेली फुटबलमा सनसनी मच्चाइरहेका छन्। उनले जारी सिजन जर्मन क्लब बोरूसिया डर्टमण्डबाट उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। गत सिजन पनि उनको प्रदर्शन उम्दा थियो। उमेर सानै भए पनि गोल गर्ने सवालमा उनी परिपक्‍व देखिएका छन्। गोल मात्र होइन, उनले अरूलाई पनि गोलको अवसर सिर्जना गरिरहेका छन्।

समग्रमा सान्चोको एकरूपको प्रदर्शन जारी छ। उनले जारी सजन डर्टमण्डबाट २४ खेलमा १२ गोल गरेका छन् भने १३ गोलका लागि अवसर सिर्जना गरिदिएका छन्। १ माघबाट खुला भएको खेलाडी सरूवा बजारमा सान्चोलाई भित्राउन इङ्लिस प्रिमियर लिगका क्लब म्यानचेस्टर सिटी, चेल्सी, लिभरपुल, म्यानचेस्टर युनाइटेड लागिपरेका छन्।

४. अंशु फाती
टीमः स्पेन यू–२१/बार्सिलोना
जन्म मितिः ३१ अक्टोबर, २००२
पोजिसनः विंगर

बलमाथिको नियन्त्रण, गोल गर्ने कला, दुरदर्शिता, खेलस्थिति बुझ्न सक्ने क्षमताका कारण १७ वर्षे युवा फातीको चर्चा चुलिँदो छ। उनको फुटबल यात्रा आफैमा हलिउडको कथा जस्तै छ।
उनको बुबा गुइना बिसाउबाट कामको सिलसिलामा स्पेनको सेभिया पुगेका थिए। केही समयपछि फाती पनि आमा र दाईसँगै बसाइ सरे। स्वाभाविक प्रतिभा भएका फातीलाई दश वर्षको उमेरमा बार्सिलोनाको एकेडेमी ला मार्सियाले अनुबन्ध ग¥यो। र, उनी रिजर्भ टिममा पनि नबसी सिधै सिनियर टोलीमा आइपुगे।
१७ बर्षे फाती बार्सिलोनाबाट गोल गर्ने सबभन्दा युवा खेलाडी हुन्। एकै गोलमा गोल गर्ने र गोलको अवसर सिर्जना गर्ने उनी बार्सिलोनाको सबभन्दा युवा खेलाडीसमेत बनेका छन्। त्यस्तै क्लबबाट च्याम्पियन्स लिगमा खेल्ने पनि उनी सबभन्दा युवा खेलाडी बने। फातीले पछिल्ला खेलमा गरेको प्रदर्शनले मेस्सीको सुरूआती दिनको झल्को दिनथालेको छ।

५. ट्रेन्ट अलेक्जेन्डर–आर्नोल्ड
टीमः इङ्ल्याण्ड/लिभरपुल
जन्म मितिः ७ अक्टोबर, १९९८
पोजिसनः राइट ब्याक

फुटबलमा रक्षापंक्ति भन्दा अग्रपंक्तिका खेलाडीको ग्ल्यामर र चर्चा बढी हुन्छ। तर, लिभरपुलका २१ बर्षीय अलेक्जेन्डर–आर्नोल्ड रक्षापंक्तिमा जति प्रभावकारी छन्, अग्रपंक्तिमा अझै बढी खतरानक छन्। उनको सुन्दर क्रस र पासमा लिभरपुलले थुप्रै गोल गरेको छ।

आर्नोल्डले लिभरपुलबाट यूरोपेली च्याम्पियन्स लिग जितिसकेका छन्। त्यही प्रदर्शनकै कारण इङ्ल्यान्डको राष्ट्रिय टोलीमा बलियो स्थान बनाइसकेका आर्नोल्ड सम्भवतः यूरो २०२० मा इङ्ल्यान्डको पहिलो रोजाईका राइट ब्याक बन्ने सम्भावना छ।

रक्षात्मक कलादेखि पास र गोलको अवसर सिर्जना गर्ने क्षमताका कारण आर्नोल्ड भविष्यमा विश्वकै उत्कृष्ट मिडफिल्डर बनेर उदाए भने अचम्म मान्नु पर्नेछैन।

६. काई हाभेर्ट्ज
टीमः जर्मनी/बायर लेभरकुसेन
जन्म मितिः ११ जुन १९९९
पोजिसनः मिडफिल्डर

हाभेर्ट्ज जर्मन फुटबलमा देखिएका थोरै प्रतिभावान खेलाडीमध्ये एक हु्न्। २० वर्षको उमेरमा हाभेर्ट्जले बुन्डेसलिगामा एकभन्दा धेरै सिजन खेलिसकेका छन्। जारी सजन उनले क्लबका लागि धेरै योगदान गर्न सकेका छैनन्। तर, म्यानचेस्टर सिटीका केभिन डी ब्रुयनाजस्तै उनी पनि विश्वकै उत्कृष्ट मिडफिल्डर बन्न सक्छन्।

बीबीसीका खेल पण्डितहरूले यहाँ उल्लिखित खेलाडीबाहेक अबको दशक फुटबलमा राज गर्ने सम्भावना बोकेका अन्य खेलाडी पनि अगाडि सारेका छन्। ती हुन्– फिल फोडेन, रोड्रिगो, मासोन ग्रिनउड, फेरान टोरेस र डेली अली हुन्।

फोडेन म्यानचेस्टर सिटीका मिडफिल्डर हुन्। २८ मे २००० मा जन्मिएका फोडेन इङ्ल्यान्ड यु–२१ बाट खेल्छन्। रोड्रिगो रियल मड्रिडका खेलाडी हुन्। ९ जनवरी २००१ मा जन्मिएका विंगर रोड्रिगो ब्राजिलियन हुन्। सेप्टेम्बरमा ओसासुनाविरुद्ध रियलबाट डेब्यू गरेका उनले बैकल्पिक खेलाडीका रुपमा मैदान छिरेको ९४ सेकेण्डमा गोल गरेका थिए। उनलाई जिनेदिन जिदानले सिनियर टोलीमा भित्र्याएका हुन्। त्यसपछि उनले च्याम्पियन्स लिगको समूह चरणमा गालातासारेविरुद्ध ह्याट्रिक गरे।

ग्रिनउड म्यानचेस्टर युनाइटेडका खेलाडी हुन्। १ अक्टोबर २००१ मा जन्मिएका युनाइटेड फरवार्डले इङ्ल्यान्ड यु–२१ टिमबाट खेलिसकेका छन्। फेर्रान टोरेस भ्यालेन्सियाका खेलाडी हुन्। २९ फेब्रअरी २००० मा जन्मिएका विंगर टोरेसले स्पेन यु–२१ टोलीबाट खेलिसकेका छन्। डेली अली टोटेनह्यामका मिडफिल्डर हुन्। ११ अप्रिल १९९६ मा जन्मिएका अलीले इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट पनि आफ्नो प्रभाव छाडिसकेका छन्।

" /> काठमाडौं। विश्व फुटबल होस् या संसारभरकै चर्चित यूरोपको क्लब फुटबल, पछिल्लो एक दशक क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीले एकछत्र राज गरे। यो दशकमा कुनै खेलाडी रोनाल्डो र मेस्सीको छेउछाउसम्म आउन सकेनन् भन्दा फरक नपर्ला।

"> विश्व फुटबलमा चर्चा– रोनाल्डो र मेस्सीपछि को ?: Dekhapadhi
विश्व फुटबलमा चर्चा– रोनाल्डो र मेस्सीपछि को ?

प्रतिक्रिया दिनुहोस्