सिरहा। प्रतिबन्धित लागूऔषधसहित सिरहा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।
लहान नगरपालिका–३ मा स११प ८०१, स८प ७९८१ र स७प ७८५४ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा प्रतिबन्धित लागूऔषधसहित पाँच, भगवानपुर गाउँपालिका–५ इनर्वामा एक र सिरहा नगरपालिका–१६ खिरौनामा दुई जना गरी आठ जनालाई पक्राउ गरेको हो।
लहान नगरपालिका–८ का २२ वर्षीय राकेशकुमार महतो, २० वर्षीय कान्छा महतो, २२ वर्षीय सुमित गुप्ता, लहान नगरपालिका–२ का २५ वर्षीय लक्ष्मेश्वर महतो, २६ वर्षीय धनिकलाल महतोलाई गाँजा १० ग्राम ६७० मिलिग्राम र ब्राउन सुगर १९० मिलिग्रामसहित पक्राउ गरेको छ।
भगवानपुरवाट लहान नगरपालिका–५ का २० वर्षीय मोहम्मद समिरलाई फेनारगन, डाईजिल्याव र लेवल नभएको लागूऔषध सात÷सात एम्पुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
सिरहा नगरपालिका–२ का १९ वर्षीय रामभरोसी मुखिया र कल्याणपुर नगरपालिका–२ का १८ वर्षीय अजित कुमार मुखियालाई नाईट्रोभेट २५ ट्याब्लेट, नर्फिन, फेनारगन, डाईजेपाम एक÷एक एम्पुल, सराप, एमिल एक÷एक पिससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
" /> सिरहा। प्रतिबन्धित लागूऔषधसहित सिरहा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।लहान नगरपालिका–३ मा स११प ८०१, स८प ७९८१ र स७प ७८५४ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा प्रतिबन्धित लागूऔषधसहित पाँच, भगवानपुर गाउँपालिका–५ इनर्वामा एक र सिरहा नगरपालिका–१६ खिरौनामा दुई जना गरी आठ जनालाई पक्राउ गरेको हो।

">