काठमाडौं। धादिङको बेनिघाटस्थित झोलुङ्गे पुलबाट एक दम्पतीले दुई सन्तानसहित त्रिशुली नदीमा हाम्फालेका छन्।
हाम्फाल्नेमा थानकोटका ३५ वर्षीय विनय लामिछाने, उनकी श्रीमती २७ वर्षीया जानुका रेग्मी, २ वर्षका छोरा विजन लामिछाने र नाम खुल्न नसकेका ६ महीनाका छोरा रहेको धादिङ प्रहरीले जनाएको छ।
श्रीमतीको शव भेटिएको छ भने श्रीमान र दुई सन्तान बेपत्ता भएको प्रहरीले जनाएको छ। आज साँझ सात बजेतिर उनीहरूले हाम्फालेको धादिङका प्रहरी प्रमुख एसपी रबिन्द्र रेग्मीले देखापढीलाई जानकारी दिए।
श्रीमतीको शव रोराङ गाउँपालिका-५ नजिकै फेला परेको एसपी रेग्मीले बताए। के कति कारणले स–परिवारले नदीमा हाम्फालेको भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
" /> काठमाडौं। धादिङको बेनिघाटस्थित झोलुङ्गे पुलबाट एक दम्पतीले दुई सन्तानसहित त्रिशुली नदीमा हाम्फालेका छन्।हाम्फाल्नेमा थानकोटका ३५ वर्षीय विनय लामिछाने, उनकी श्रीमती २७ वर्षीया जानुका रेग्मी, २ वर्षका छोरा विजन लामिछाने र नाम खुल्न नसकेका ६ महीनाका छोरा रहेको धादिङ प्रहरीले जनाएको छ।

">