रहिनन् ‘बेटी बचाउ, बेटी पढाउ’ अभियन्ता पुष्पा
काठमाडौं। भोजपुरी कलाकार एवं राजनीतिज्ञ पुष्पा पाण्डेको निधन भएको छ।

लामो समयदेखि स्तन क्यान्सरबाट पीडित ४२ वर्षीया पाण्डेको आज जनकपुरमा उपचारका क्रममा निधन भएको हो।

महोत्तरीमा जन्मिएकी पुष्पाले ‘मधेशी पुत्र’, ‘मेरो देश’ लगायत भोजपुरी, हिन्दी, मैथिली दर्जनौं चलचित्रहरूमा अभिनय गरेकी छन्।

नेपालमा मात्रै नभई उनले भारतको उत्तरप्रदेश, बिहारमा बनेका चलचित्रहरूमा समेत अभिनय गरेकी छन्। मधेश आन्दोलन शुरू भएपछि उनी राजनीतिमा सक्रिय थिइन्। मधेशी जनअधिकार फोरम जनतान्त्रिकमा सक्रिय रहिन्।

त्यसैगरी, तराई मधेश राष्ट्रिय अभियानकी उनी केन्द्रीय पार्षद समेत रहिन्। पछिल्लो समय प्रदेश नम्बर २ सरकारले शुरू गरेको ‘बेटी बचाउ, बेटी पढाउ’ अभियानमा उनी पर्सा जिल्लाको संयोजक थिइन्।

पुष्पाले प्रत्यक्ष निर्वाचनमा कहिल्यै भाग नलिए पनि उनी जनमानसमा भने लोकप्रिय कलाकार एवं राजनीतिज्ञको छवी बनाएकी थिइन्। पुष्पाको दुई छोरी र एक छोरा छन्।

प्रतिक्रिया दिनुहोस्