काठमाडौं। काठमाडौं वसन्तपुरको झोछेंमा एउटा गल्ली छ। त्यो गल्लीमा दुवैतिरबाट टेको लगाइएका घर ठडिएका छन्, मानौं धराप बिछ्याइएका हुन्। टेकोको भरमा अडिएका घरको पनि के भर ? कुनै पनि ढल्न सक्छन् ।
तर, त्यस्तै जीर्ण घरमा पसल गरिरहेकी छन्, सुष्मा तामाङ। दुई महीनाअघि सस्तोमा भाडा पाएकाले शुरू गरेको उनी बताउँछिन्।
“जीर्ण घरमा पसल व्यवसाय गर्ने रहर कसलाई हुन्छ र ?”, सुष्मा बाध्यता सुनाउँछिन्, “डर लागे पनि जीवन गुजारा गर्नैपर्ने बाध्यताले यस्तो जीर्ण घरमै व्यवसाय गरेकी छु।”
सुष्मा भन्छिन्, “यो घर धराप भए पनि काठमाडौं महानगरपालिका वा स्थानीय तहबाट आफूलाई केही पनि भनेको छैन।”
डरैडरमा पसल गर्ने सुष्मा एक्ली भने होइनन्। उनीजस्तै अरू व्यवसायीले पनि आ–आफ्ना व्यवसाय गरिरहेछन्।
एक व्यवसायी त बानी नै परिसकेको बताउँछन्। भन्छन्, “मलाई डर लाग्दैन, बानी नै परिसक्यो। २०७२ सालमा गएको भूकम्पको दुई महीनामै फेरि पसल सञ्चालन गर्न थालेँ। ३३ वर्षदेखि यही पसलमै छु।”
.jpg)
महानगरभित्र १५० भन्दा बढी टेको लगाइएका घर नभएको महानगरको दाबी छ। काठमाडौं महानगरका प्रवक्ता ईश्वरमान डंगोल टेको लगाइएका घर हटाउन प्रयास गरिए पनि धेरै कठिनाइ आएको बताउँछन्। उनी भन्छन्, “जीर्ण घर भत्काएर नयाँ घर बनाउँदा मापदण्डअनुसार भित्र बनाउनुपर्ने भएकाले घरधनीले बनाउन मानेका छैनन्।”
“८ फिट भएको घरमा ३ फिट सार्दा ५ फिटमा बनाउन नसकिने जस्ता समस्या देखिएको छ”, उनले थपे।
प्रवक्ता डंगोलका अनुसार दाजुभाइको अंशवण्डा विवाद र अदालतमा मुद्दा परेकाले पनि कतिपय घर पुनर्निर्माण भएको छैन। उनले त्यस्ता जीर्ण घरहरू एकआपसमा जोडिएकाले पनि प्राविधिक कठिनाइ उत्पन्न भएको बताए।
महानगरपालिकाले शहरी विकास आयोजनासँग पनि यसबारे छलफल गरेको प्रवक्ता डंगोल बताउँछन्। भन्छन्, “जीर्ण घरलाई भत्काएर व्यवस्थापन गर्न हाउस पुलिङको आवश्यकता छ, जसको नीति अहिलेसम्म बन्न सकेको छैन।”
सरकारले राष्ट्रिय भूकम्प सुरक्षा दिवस हरेक वर्षको २ माघमा मनाउँदै आएको छ। तर, २०७२ सालको भूकम्प गएको चार वर्ष वितिसक्दा पनि काठमाडौंमै रहेका त्यस्ता जीर्ण घरको पुनर्निर्माण हुन सकेको छैन।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांकअनुसार निजी आवास पुनर्निर्माणअन्तर्गत ६ लाख ७३ हजार ९१८ घरहरू बन्दैछन्, जसमा निर्माण भएका घरहरू चार लाख ८१ हजार ४२० छन्।
.jpg)
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणअन्तर्गत ६२ प्रतिशत पुनर्निर्माण सम्पन्न भएको जनाएको छ। २५ प्रतिशत पुनर्निर्माण जारी र १७ प्रतिशत पुनर्निर्माण शुरू हुन बाँकी छ।
सरकारले १५ पुसदेखि १५ माघसम्म विभिन्न जनचेतनामूलक कार्यक्रम गरी भूकम्प सुरक्षा दिवस मनाउँदैछ। गृहमन्त्रालयले सातवटै प्रदेश, ७७ वटै जिल्ला र ७५३ स्थानीय तहलाई भूकम्प सुरक्षा दिवस मनाउन निर्देशनसमेत दिएको छ। भूकम्पबारे जनचेतना जगाउने उद्देश्यले सरकारले २०५५ देखि २ माघलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाउन थालेको हो।
.jpg)
सरकारले पुनर्निर्माणको काम थालेको चार वर्ष बितिसक्दा पनि काठमाडौंका पुराना घरमा लगाइएको टेको हट्न सकेको छैन। मानिसहरू उत्तिकै जोखिम मोलेर जीविका चलाउन बाध्य छन्। सरकारी अधिकारीहरू अझै पनि कानून नभएकै कारण काम गर्न नसकेको बताउँछन्। भूकम्पले नै निम्त्याएको जोखिमबाट जनतालाई मुक्त गराउन सके मात्रै भूकम्प सुरक्षा दिवसको सार्थकता हुन्छ।
" /> काठमाडौं। काठमाडौं वसन्तपुरको झोछेंमा एउटा गल्ली छ। त्यो गल्लीमा दुवैतिरबाट टेको लगाइएका घर ठडिएका छन्, मानौं धराप बिछ्याइएका हुन्। टेकोको भरमा अडिएका घरको पनि के भर ? कुनै पनि ढल्न सक्छन् ।तर, त्यस्तै जीर्ण घरमा पसल गरिरहेकी छन्, सुष्मा तामाङ। दुई महीनाअघि सस्तोमा भाडा पाएकाले शुरू गरेको उनी बताउँछिन्।

">