वर्षाले व्यासका ५५ घरमा क्षति तनहुँ। केही दिन अगाडि आएको वर्षाले व्यास नगरपालिकाभित्रका ५५ घरमा क्षति पुर्‍याएको छ। निरन्तरको वर्षासँगै आएको बाढीपहिराले नगर क्षेत्रभित्रका ५५ घरमा क्षति पुगेको हो। वर्षाले कयौं वस्तुभाउ, कुला, बाटाहरू क्षतिग्रस्त भएका छन् भने बुद्धसिंमार्गअन्तर्गत छाब्दीखोलामा पुल भत्किएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। त्यस्तै व्यास–९ माझफाँटमा खोलाले बगाएर ७३ वर्षीय नरबहादुर विष्ट बेपत्ता भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्