फरार अभियुक्त पाँच वर्षपछि पक्राउ

सिरहा। जिल्ला अदालत सिरहाको आदेशमा कैद सजाय तोकिएपछि फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा औरही गाउँपालिका–२ का ५० वर्षीय गंगा यादव छन्।

जिल्ला अदालत सिरहाले २ असोज २०७१ मा कुटपिट मुद्दामा दुई महीना नौ दिन कैद सजाय तोकेको थियो।

कैद सजाय तोकिएपछि फरार रहेका यादवलाई प्रहरीले २८ पुस साँझ पक्राउ गरेको हो।

पक्राउ परेका यादवलाई जिल्ला अदालत सिरहामा बुझाएर फैसला कार्यान्वनको क्रममा कारागार पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्