जर्मनीले हटायो नेपाली यात्रीमाथि लगाएको प्रतिबन्ध काठमाडौं। जर्मनीले नेपालबाट आउने यात्रीमाथि लगाएको अस्थायी प्रतिबन्ध हटाएको छ। नेपाल कोरोनाको नयाँ भेरिएन्टबाट प्रभावित भएको जनाउँदै जर्मनीले नेपालीबाट आउने यात्रीमाथि प्रतिबन्ध लगाएको थियो। प्रतिबन्ध आजबाट हटाइएको हो। योसँगै कोरोना परीक्षण रिपोर्ट नेगेटिभ देखाएर नेपालीहरु जर्मनी जान पाउनेछन्। तर जर्मनी पुगेपछि भने ५देखि १०दिन क्वारेन्टिन बस्नुपर्नेछ। जर्मनीले नेपाललगायत १६देशमाथि यात्रा प्रतिबन्ध लगाएको थियो। अहिले नेपाल,भारत,बेलायत र पोर्चुगलमाथिको प्रतिबन्ध हटाइएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्