काठमाडाैं। भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले पूर्वकप्तान महेन्द्रसिंह धोनीलाई ‘सेन्ट्रल कन्ट्रयाक्ट’बाट हटाएको छ।
आईसीसी विश्वकप २०१९ को सेमिफाइनलमा न्यूजिल्यान्डविरुद्धको खेलपछि धोनीले भारतीय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन्। बीसीसीआईले आज निकालेको सूचीमा धोनी कुनै पनि श्रेणीमा छैनन्।
धोनीसँगै दिनेश कार्तिक, अम्बती रायडु र खलील अहमद बीसीसीआईले निकालेको चारै श्रेणीको सूचीमा छैनन्। विश्वकपपछि धोनीले कुनै पनि व्यावसायिक क्रिकेट खेलेका छैनन्।
भारतका प्रशिक्षक रवि शास्त्रीले धोनीले आइपीएलमा राम्रो गरे अस्ट्रेलियामा हुने ट्वान्टी-२० विश्वकपको टोलीमा पर्न सक्ने बताएका छन्।
बीसीसीआईले ‘ए प्लस’, ‘ए’, ‘बी’ र ‘सी’ गरी चार श्रेणीमा सिनियर खेलाडीको वर्गीकरण गरेको छ। यो चारै श्रेणीमा धोनीसहित चार खेलाडीको नाम छैन।
कप्तान विराट कोहली, रोहित शर्मा र जसप्रित बुमराह शीर्ष श्रेणी (ए प्लस)मा छन्। बीसीसीआईको ‘सेन्टर कन्ट्रयाक्ट’मा श्रेयस ऐयर, नवदीप सैनी, दीपक चहर, शार्दूल ठाकुर र वासिङ्टन सुन्दर नयाँ अनुहार छन्।
पाँचैजनालाई बीसीसीआईले ‘सी’ श्रेणीमा राखेको छ। ‘सी’ श्रेणीमा पर्ने अन्य खेलाडीमा हनुमा विहारी, मनिष पाण्डे, केदार यादव छन्।
गत वर्ष टेष्टमा उत्कृष्ट प्रदर्शन गरेका मयांक अग्रवाल श्रेणी ‘बी’ मा पर्न सफल भए। श्रेणी ‘बी’ मा हार्दिक पाण्डे, युजभेन्द्र चाहल, उमेश यादव, र रिदीमन शाह छन्। टेस्ट विकेटकिपर रिदिमन शाह श्रेणी ‘सी’ बाट ‘बी’ मा उक्लिएका हुन्। केएल राहुल ‘बी’ बाट ‘ए’ श्रेणीमा उक्लिएका छन्।
श्रेणी ‘ए’मा राहुलबाहेक रबिचन्द्रन आश्विन, रविन्द्र जडेजा, भूवनेश्वर कुमार, चेतेश्वर पुजरा, अजिन्क्या रहाने, शिखर धवन, मोहम्मद सामी, इशान्त शर्मा, कुलदीप यादव र रिसव पन्त छन्।
" /> काठमाडाैं। भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले पूर्वकप्तान महेन्द्रसिंह धोनीलाई ‘सेन्ट्रल कन्ट्रयाक्ट’बाट हटाएको छ।आईसीसी विश्वकप २०१९ को सेमिफाइनलमा न्यूजिल्यान्डविरुद्धको खेलपछि धोनीले भारतीय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन्। बीसीसीआईले आज निकालेको सूचीमा धोनी कुनै पनि श्रेणीमा छैनन्।

">