बंगलादेशले लगायो नेपालीको प्रवेशमा अस्थायी प्रतिबन्ध काठमाडौं। बंगलादेशले नेपालबाट हुने हवाई उडान र आउने यात्रुमाथि अस्थायी प्रतिबन्ध लगाएको छ। बंगलादेशमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढेपछि नेपाललगायत भारत, बोत्स्वाना, मंगोलिया, नामिबिया, पानामा, दक्षिण अफ्रिका र ट्युनीसियाबाट आउने यात्रुमाथि प्रतिबन्ध लगाएको हो। आफ्नो देशमा कोरोनाको नयाँ भेरिएन्ट्स नभित्रियोस् भनेर अस्थायी प्रतिबन्ध लगाइएको बंगलादेश सिभिल एभिएसनले जनाएको छ। बंगलादेशले जुलाई १४ सम्म लकडाउन घोषणा गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्