इलाम। गोरु काटेको आरोपमा सूर्योदय नगरपालिका–९, रम्फोकबाट दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रम्फोककै ३८ वर्षीय नीमा तामाङ र ३८ वर्षीय पेमा तामाङ छन्। गाउँमा गोरु काटिरहेको खबर पाएपछि गोप्य सूचनाका आधारमा फिक्कल प्रहरी चौकीका प्रमुख बस्नेतको नेतृत्वमा खटिएको टोलीले घटनास्थलबाट उनीहरूलाई पक्राउ गरेको थियो।
प्रहरी घटनास्थल पुग्दा काटिएको मासु मात्र फेला परेको थियो। उनीहरूले गोरु बिरामी भएकाले काट्नु परेको बताएका छन्। घटनासम्बन्धमा म्याद थप गरी अनुसन्धान अघि बढाइने इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख रमेश राईले बताए। रासस
" /> इलाम। गोरु काटेको आरोपमा सूर्योदय नगरपालिका–९, रम्फोकबाट दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा रम्फोककै ३८ वर्षीय नीमा तामाङ र ३८ वर्षीय पेमा तामाङ छन्। गाउँमा गोरु काटिरहेको खबर पाएपछि गोप्य सूचनाका आधारमा फिक्कल प्रहरी चौकीका प्रमुख बस्नेतको नेतृत्वमा खटिएको टोलीले घटनास्थलबाट उनीहरूलाई पक्राउ गरेको थियो।

">