मध्यपहाडी राजमार्ग अवरुद्ध गलकोट।निरन्तरको वर्षाका कारण मध्यपहाडी राजमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ।राजमार्गको बागलुङ खण्डअन्तर्गत बागलुङ नगरपालिका–३ बोक्से, काठेखोला गाउँपालिकाको अछेतामाथिको सुन्तली घुम्ती र बयलडाँडामा राति खसेको पहिराले सडक अवरुद्ध भएको हो। दुई स्थानमा पहिरो खसेको तथा बोक्सेमा भलसहित लेदो आएर सडक अवरुद्ध भएको राजमार्ग आयोजना कार्यालयका इञ्जिनीयर उज्ज्वल शर्माले जानकारी दिए।निरन्तरको वर्षापछि पहिरो खसेर अवरुद्ध भएको सडक अपराह्नसम्म सडक खुलाउने लक्ष्य छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्