निशानको नयाँ गीत ‘लाहुर जाने रेल’

काठमाडौं। नेपाल आइडल पहिलो संस्करणका फस्र्ट रनरअप निशान भट्टराईको नयाँ गीत आएको छ। ‘भुन्टी’, ‘बरिलै’ जस्ता चर्चित गीतमा आवाज दिइसकेका भट्टराईले ‘लाहुर जाने रेल’ ल्याएका हुन्।

उनले आफ्नो अफिसियल युट्युब च्यानलमार्फत् उक्त गीत सार्वजनिक गरेका हुन्। भिडिओमा उनलाई ऋचा न्यौपानेले साथ दिएकी छन्।

निशानको स्वर रहेको सो गीतलाई प्रशान्त पौडेलले लेखेका हुन्। भिडिओलाई प्रविन भट्टले निर्देशन गरेका छन् भने अनिल के मानन्धरले खिचेका हुन्।

यस गीतको कथाले भारतीय सेनामा संघर्षरत् नेपाली युवाहरूको अवस्थालाई प्रस्तुत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्