काठमाडौं। युवा स्पिनर सागर ढकालको पाँच विकेट तथा दीपेन्द्रसिंह ऐरीको अर्धशतक प्रेरित नेपाल पुलिस क्लबले आज सुदूरपश्चिम प्रदेशलाई ९९ रनले हराउँदै मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ।
दीपेन्द्रसिंहले ६८ रन बनाएपछि सुनसरीको इनरुवा रंगशालामा टस जितेर ब्याटिङ थालेको पुलिस क्लबले ४९ ओभरमा सबै विकेट गुमाएर २२९ रन बनाएको थियो। सागरले पाँच विकेट लिएपछि २३० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ३३.४ ओभरमा १३० रन बनाउँदा सबै विकेट गुमायो।
७६ बलमा ६ चौका र एक छक्का हानेका दीपेन्द्रसिंहले अनिल शाहसँग तेस्रो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए। अनिलले ३१ रन जोडे। अनिल आउट भएलगत्तै दीपेन्द्रसिंह पनि आउट भए। योगेन्द्रसिंह कार्कीले २९ रन बनाए भने कुशल भुर्तेलले १७ रन बनाए।
ललितसिंह भण्डारीले ३० रन जोडे। उनले ४० बलमा दुई चौका र चार छक्का प्रहार गरे।
सुदूरपश्चिमका शेर मल्ल, विनोद लामा र आकाश चन्दले समान तीन विकेट लिए। सन्तोष भट्टको नाममा एक विकेट रह्यो।
पुलिस क्लबका सागरले ६.४ ओभरमा एक मेडन राख्दै ९ रन दिएर पाँच विकेट लिए। त्यस्तै ललितनारायण राजवंशी सात ओभरमा २३ रन दिएर तीन विकेट लिए। ललित भण्डारी र योगेन्द्रसिंह कार्कीको नाममा एक/एक विकेट रह्यो।
सुदूरपश्चिमका किरण ठगुन्नाले ३९, खडक बोहराले १४ तथा गजेन्द्र बोहराले १२ रन जोडे भने आकाश चन्द २३ रनमा अविजित रहे। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
उपाधिका लागि पुलिस क्लबले अब त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ। फाइनल खेल ४ माघमा हुनेछ।
त्रिभुवन आर्मीले बागमती प्रदेशलाई हराउँदै फाइनलमा स्थान बनाएकाे थियाे।
" /> काठमाडौं। युवा स्पिनर सागर ढकालको पाँच विकेट तथा दीपेन्द्रसिंह ऐरीको अर्धशतक प्रेरित नेपाल पुलिस क्लबले आज सुदूरपश्चिम प्रदेशलाई ९९ रनले हराउँदै मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ।दीपेन्द्रसिंहले ६८ रन बनाएपछि सुनसरीको इनरुवा रंगशालामा टस जितेर ब्याटिङ थालेको पुलिस क्लबले ४९ ओभरमा सबै विकेट गुमाएर २२९ रन बनाएको थियो। सागरले पाँच विकेट लिएपछि २३० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ३३.४ ओभरमा १३० रन बनाउँदा सबै विकेट गुमायो।

">