आबुधाबीमा नेपाली सवार यात्रुबस दुर्घटना, पाँचजनाको मृत्यु <p>युएई। संयुक्त अरब इमिरेट्स (युएई)को आबुधाबीमा दुर्घटनामा परी पाँचजनाको निधन भएको छ।</p> <p>२४ जना सवार मिनीबस दुर्घटनामा १८ जना नेपाली भएको युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले जनाएका छन्। अबुधावीको अल राहा मार्गमा स्थानीय समय अनुसार बिहान साढे पाँच बजे दुर्घटना भएको हो।</p> <p>निधन भएका पाँचजना कुन-कुन देशका हुन् भन्ने स्पष्ट नभइसकेको राजदूत ढकालले फेसबुक स्टाटसमा लेखेका छन्।</p> <p>&quot;मिनीबसमा सवार २४ जनामध्ये १८ जना नेपाली भएको जानकारीमा आएको छ। पाँचजनाको घटनास्थलमै निधन भएका छन्। उनीहरू कुन देशका हुन् भन्ने खुलिसकेको छैन&quot;, राजदूत ढकालले लेखेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्