काठमाडौं। २३ पुसमा काठमाडौंमा पत्रकार सम्मेलन गरेर विवादास्पद अस्पताल सञ्चालक दुर्गा प्रसाईंले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीविरुद्ध २० करोड रूपैयाँ घुस मागेको ‘गम्भीर’ आरोप लगाए।
पत्रकार सम्मेलनमा १५ मंसिरमा द्वारिकाज होटलमा उपाध्यक्ष गिरीले २० करोड रूपैयाँ घुस मागेको प्रसाईंले दाबी गरेका थिए। पत्रकार सम्मेलनमा प्रसाईंले शिक्षामन्त्री गिरीराजमणि पोखरेल र नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई समेत रकम दिनुपर्ने भन्दै डा. गिरीले २० करोड घुस मागेको तर, आफूले एक/डेढ करोडसम्म भए विचार गर्न सकिने भनेको बताएका थिए।
झापाको विर्तामोडमा सञ्चालित बी एण्ड सी अस्पताललाई मेडिकल कलेज बनाउने प्रयासमा लागेका प्रसाईंले त्यही क्रममा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीलाई भेटेको र उनले घुस मागेको आरोप लगाएका थिए।
समाचार सार्वजनिक भएलगत्तै आयोग उपाध्यक्ष डा. गिरीले आफूलाई निराधार, कपोकल्पित आरोप लगाएको भन्दै विज्ञप्ति निकाले। आरोपको पुष्ट्याईं गर्न चुनौती दिए। र, डा. गिरी कानूनी उपचारको बाटोमा लागेपछि प्रसाईं ‘फरार’ भए।
अहिले प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दुई छुट्टाछुट्टै मुद्दा चलिरहेको छ। आयोग उपाध्यक्ष डा.गिरीले प्रसाईंविरुद्ध दुई निकायमा उजुरी दिएको देखापढीलाई जानकारी दिए।
“शान्ति–सुरक्षा माग्दै तथा ‘अभद्र व्यवहार’मा भक्तपुर प्रशासनमा उजुरी दिएको छु”, डा. गिरीले भने, “काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतिको मुद्दा दायर गरेको छु।” प्रसाईंले आफूविरुद्ध गुण्डागर्दी गरेको डा. गिरीको भनाइ छ।
आयोग उपाध्यक्ष डा. गिरीको उजुरीपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिइसकेको छ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी दिलिपप्रसाद लामिछानेले प्रसाईंविरुद्ध पक्राउ पूर्जी जारी गर्ने अनुमति प्रदान गरेको देखापढीलाई बताए।
प्रशासनको अनुमितपछि प्रहरी प्रक्राउ पूर्जी लिएर प्रसाईंको घर पुगेको थियो तर, उनी भेटिएनन्। प्रहरी प्रसाईंको झापास्थित घरमा पनि पुग्यो। त्यहाँ पनि उनी नभेटिएको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख, एसपी सबिन प्रधानले डा. गिरीको उजुरीपछि अनुसन्धान शुरू गरिएको देखापढीलाई बताए। “प्रसाईंविरुद्ध अभद्र व्यवहारमा उजुरी परेपछि अनुसन्धान अघि बढाइसकेका छौं”, उनले भने।
यता, काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई लिखित जवाफसहित २१ दिनभित्र उपस्थित हुन भनेको छ।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीले दायर गरेको मानहानीको मुद्दामा प्रसाईंलाई लिखित जवाफसहित उपस्थित हुन म्याद तामेल गरिएको अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले देखापढीलाई बताए।
प्रसाईंले लगाएको आरोपका कारण गाली बेइज्जती र मानमर्दन भएको दाबी गर्दै डा. गिरीले २९ पुसमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए।
प्रसाईं तिनै व्यक्ति हुन् जसले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता प्रक्रिया चलिरहेका बेला दुबै पार्टीका अध्यक्षलाई भक्तपुरस्थित आफ्नै घरमा बोलाएर मार्सी चालमको भात खुवाएका थिए। त्यसको निकै आलोचना भएको थियो।
झापास्थित उनको अस्पताल बी एण्ड सीले मेडिकल कलेज सञ्चालनको अनुमति पाएको छैन। सम्बन्धन प्राप्तिका लागि उनले अनेक ‘फण्डा’ गर्दै आएका छन्।प्रसाईंलाई डा. गोविन्द केसीको अनसनविरुद्ध अनसनकारी खडा गरेको आरोप समेत लागेको थियो।
" /> काठमाडौं। २३ पुसमा काठमाडौंमा पत्रकार सम्मेलन गरेर विवादास्पद अस्पताल सञ्चालक दुर्गा प्रसाईंले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीविरुद्ध २० करोड रूपैयाँ घुस मागेको ‘गम्भीर’ आरोप लगाए।पत्रकार सम्मेलनमा १५ मंसिरमा द्वारिकाज होटलमा उपाध्यक्ष गिरीले २० करोड रूपैयाँ घुस मागेको प्रसाईंले दाबी गरेका थिए। पत्रकार सम्मेलनमा प्रसाईंले शिक्षामन्त्री गिरीराजमणि पोखरेल र नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई समेत रकम दिनुपर्ने भन्दै डा. गिरीले २० करोड घुस मागेको तर, आफूले एक/डेढ करोडसम्म भए विचार गर्न सकिने भनेको बताएका थिए।

">