तालिबानको अमेरिकी सैनिकलाई चेतावनीः समयमै अफगानिस्तान छोडेर जाउँ, नत्र हामी जवाफ दिन्छौं बीबीसी। तालिबान समूहले अफगानिस्तानमा रहेका अमेरिकी र नेटो सैनिकलाई चेतावनी दिँदै समयमै अफगानिस्तान छोडन् भनेको छ। निर्धारित समयभित्र अफगानिस्तान नछोडे त्यसको जवाफ दिने तालिबानका प्रवक्ता सुहेल शाहीनले बताए। काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाका लागि एकहजार अमेरिकी सैनिक अफगानिस्तानमा रहने बताएपछि तालिबानले यस्तो प्रतिक्रिया दिएको हो। अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी सेप्टेम्बर ११सम्म अफगानिस्तानबाट सबै अमेरिकी सेना फिर्ता हुने घोषणा गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्