महाराष्ट्रका १२ जना भाजपा सांसद एक वर्षको लागि निलम्बित एजेन्सी। भारतको महाराष्ट्र विधानसभाका १२ जना सांसदलाई सभामुखले एक वर्षको लागि निलम्बित गरेका छन्। निलम्बित हुने सबै भारतीय जनता पार्टी (भाजपा)का सांसद छन्। निलम्बित हुने सांसदमा संजय कुटे, आशीष शेलार, अतुल भातखलकर, पराग अलवानी, विजयकुमार रावल, अभिमन्यु पवार, गिरीश महाजन, हरीश पिंपले, राम सातपुते, योगेश सागर, नारायण कुचे र कीर्तिकुमार बंगडिया छन्। संसदमा हंगामा मच्चाएका कारण उनीहरुलाई निलम्बित गरिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्