गाउँपालिकाका कर्मचारी मृत फेला बैतडी।सिगास गाउँपालिकाका एक कर्मचारी मृत फेला परेका छन्।गाउँपालिकाको आयुर्वेद शाखामा कविराज पदमा छनोट भएका कञ्चनपुरको वेदकोट नगरपालिकाका ३६ वर्षीय मीनराज भट्ट मृत फेला परेका हुन्।नयाँ नियुक्त भएका भट्ट गाउँपालिकातर्फ नियुक्ति बुझ्नका लागि जाँदै गरेका बेला सिगास–२ कुर्चेनेटा भन्ने स्थानमा मृत भेटिएका हुन्।उनी पेट दुख्यो भनेर एक्कासी ढलेको बुझिएको प्रहरीले जनाएको छ। भट्टको मृत्युको कारण भने खुल्न सकेको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्