नौ बालबालिकाको उद्धार परिवारसँग पुनर्मिलन गराइयो हुम्ला।राम्रो शिक्षा दिने प्रलोभनमा काठमाडौं लगिएका हुम्लाको खार्पुनाथ र अदानचुली गाउँपालिकाका नौ बालबालिकाको उद्धार गरी परिवारसँग पुनर्मिलन गराइएको छ।लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको हिमाली नवीन समाजले प्रमुख जिल्ला अधिकारी र स्थानीय जनप्रतिनिधिको रोहबरमा एक बालिका र आठ बालकलाई परिवारसँग पुर्नमिलन गराएको हो।गत फागुन १९ गते काठमाडौंको तारकेश्वर नगरपालिका–६ मा रहेको लाइट फर नेशनल बालगृहबाट उनीहरूलाई उद्धार गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्