सबै विदेशी सेना समय सीमाभित्रै फर्किसक्नुपर्छ : तालिबान एजेन्सी।तालिबानले सबै विदेशी सैनिकले आगामी सेप्टेमबरसम्मा अफगानिस्तान छाड्नुपर्ने बताएकाे छ।तोकेको समयसीमाभित्र विदेशी सैनिकले अफगानिस्तान नछाडेमा उनीहरूलाई कब्जा गर्नेहरूका रूपमा लिइने र गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ।कूटनीतिक नियोग र काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाका लागि अमेरिकी फौजसहित १ हजार विदेशी सेना बस्नसक्ने विवरणकाबीच तालिबानको पछिल्लो भनाइ सार्वजनिक भएको हो।नेटोको २० वर्ष लामो सैन्य मिसनको अन्त्य भएसँगै अफगानिस्तानमा तालिबानको दबदबा बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्