आणविक ऊर्जा एजेन्सीका उपप्रमुखले इरानको भ्रमण गर्ने
एजेन्सी। राष्ट्रसंघीय आणविक ऊर्जा एजेन्सी (आइएईए)का उपमहानिर्देशक मास्सिमो अपारोले अर्को साता इरानको भ्रमण गर्ने भएका छन्। आइएईएलाई इरानी आणविक कार्यक्रमको सुपरीवेक्षणका लागि अबरोध उत्पन्न भएपछि पहिलोपटक उपमहानिर्देशक त्यसतर्फ जान लागेका हुन्। राष्ट्रसंघको भियना कार्यालयका लागि इरानका राजदूत काजिम घारीबाबाडीले ट्वीटरमार्फत यसको पुष्टि गरेका हुन्। उनले आणविक एजेन्सीसँग भएको सम्झौताअनुसार एजेन्सीले अनुगमन गर्ने र निरन्तर एजेन्सीको सम्पर्कमा इरान रहेको बताए।
प्रतिक्रिया दिनुहोस्