बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध अभद्र व्यवहारमा उजुरी

" /> बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध अभद्र व्यवहारमा उजुरी

"> दुर्गा प्रसाईंलाई पक्राउ गर्न भक्तपुर जिल्ला प्रशासनले दियो प्रहरीलाई अनुमति: Dekhapadhi
दुर्गा प्रसाईंलाई पक्राउ गर्न भक्तपुर जिल्ला प्रशासनले दियो प्रहरीलाई अनुमति
काठमाडौं। विवादास्पद अस्पताल सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई भक्तपुर जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ। प्रसाईंविरुद्ध अभद्र व्यवहारमा परेको उजुरीमा अनुसन्धान गरिरहेको प्रहरीले प्रसाईंलाई पक्राउ गर्ने अनुमति पाएको हो।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी दिलिपप्रसाद लामिछानेले प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी गर्ने अनुमति प्रदान गरेको देखापढीलाई बताए।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले प्रसाईंविरुद्ध अभद्र व्यवहारमा उजुरी दिएका थिए। प्रसाईंले केही दिन अघि पत्रकार सम्मेलन गरी डा. गिरीले आफूसँग २० करोड रूपैयाँ घुस मागेको आरोप लगाएका थिए।

डा. गिरीको उजुरीपछि अनुसन्धान शुरू गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी सबिन प्रधानले देखापढीलाई बताए। “प्रसाईंविरुद्ध अभद्र व्यवहारमा उजुरी परेपछि अनुसन्धान अघि बढाइसकेका छौं”, उनले भने, “अनुसन्धानपछि अदालती प्रक्रिया शुरू हुन्छ।”

पढ्नुहाेस्

बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध अभद्र व्यवहारमा उजुरी

प्रतिक्रिया दिनुहोस्