सुर्खेत। कर्णालीमा कुनै पनि बेला ठूलो भूकम्प जान सक्ने जोखिम बढ्दै गएकाले यसको पूर्वतयारीमा लाग्न जानकारहरूले आग्रह गरेका छन्।
विगत ५१६ वर्षयता लमजुङ्ग–रामेछापभन्दा पश्चिमी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६ म्याग्निच्युडभन्दा ठूलो भूकम्प नगएकाले यो क्षेत्र ठूलो भूकम्पको जोखिममा रहेको भन्दै उनीहरूले भूकम्पीय सुरक्षाको पूर्वतयारीमा ध्यान दिन आग्रह गरेका हुन्।
भूकम्प मापन केन्द्र सुर्खेतका कार्यालय प्रमुख तथा भूकम्पविद् दीपक बस्नेतले भने, “स–साना भूकम्प गए पनि कर्णाली क्षेत्रमा ठूलो भूकम्प नगएको ५१६ वर्ष भइसकेको छ। हामीले आवश्यक पूर्वतयारीमा ध्यान दिन जरुरी छ।”
९ महीनामा सात भूकम्प
कर्णाली प्रदेशका जिल्लामा केन्द्रविन्दु बनाएर यस वर्ष ९ महीनामा सातवटा साना भूकम्प गएका छन्। कर्णालीका मुगु, हुम्ला, जाजरकोटलगायत जिल्लालाई केन्द्रविन्दु बनाएर वैशाखदेखि पुससम्म ५ म्याग्निच्युडसम्मका साना भूकम्प आएका हुन्।
मुगु र हुम्लामा दुईपटक तथा रुकुम, जाजरकोट र दैलेख जिल्लालाई केन्द्रविन्दु बनाएर एक–एक पटक भूकम्प गएका छन्।
वैशाखमा दैलेख, जेठमा मुगु र जाजरकोट, भदौमा हुम्ला, असोजमा रुकुम र हुम्लालाई केन्द्रविन्दु बनाएर भूकम्प गएका छन्। यसैगरी, कात्तिकमा मुगुलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो।
भूकम्पीय जोखिमका हिसाबले नेपाल संवेदनशील भू-अवस्थितिमा छ। “त्यसमा पनि नेपालको पश्चिमी भू–भाग भूकम्पीय जोखिममा छ”, भूकम्प मापन केन्द्र, सुर्खेतका प्रमुख बस्नेतले भने, “लामो समयदेखि पश्चिमी क्षेत्रमा ठूलो भूकम्प नगएकाले यो अझ जोखिममा छ।”
भूकम्पका कारण मानवीय क्षति नहुनेमा प्रष्ट पार्दै उनले भने, “भूकम्पले मानवीय क्षति गर्दैन। हामीले बनाएका कमजोर भौतिक संरचनाहरूले मानवीय क्षति पुर्याउँछन्। त्यसकारण हामीले पहिल्यै सावधानी अपनाउनुपर्छ।”
उनले थपे, “भूकम्पबाट हुने क्षति न्यूनीकरणको एक मात्र उपाय पूर्वतयारी हो। हामी क्षति न्यूनीकरण गर्न सक्छौं, रोक्न सक्दैनौं।”
१२ वैशाख २०७२ मा गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको ७.८ म्याग्निच्युडको भूकम्पमा करीब ९ हजारको मृत्यु भएको थियो। त्यो भूकम्पपछि ४५ हजारभन्दा धेरै परकम्प गएका छन्।
" /> सुर्खेत। कर्णालीमा कुनै पनि बेला ठूलो भूकम्प जान सक्ने जोखिम बढ्दै गएकाले यसको पूर्वतयारीमा लाग्न जानकारहरूले आग्रह गरेका छन्।विगत ५१६ वर्षयता लमजुङ्ग–रामेछापभन्दा पश्चिमी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६ म्याग्निच्युडभन्दा ठूलो भूकम्प नगएकाले यो क्षेत्र ठूलो भूकम्पको जोखिममा रहेको भन्दै उनीहरूले भूकम्पीय सुरक्षाको पूर्वतयारीमा ध्यान दिन आग्रह गरेका हुन्।

">