बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध अभद्र व्यवहारमा उजुरी <p>काठमाडौं।&nbsp;विवादास्पद अस्पताल सञ्चालक दुर्गा प्रसाईंविरुद्ध अभद्र व्यवहार गरेको आरोपमा भक्तपुर प्रहरीमा उजुरी दर्ता भएको छ।</p> <p>चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले प्रसाईंविरुद्ध उजुरी दिएका हुन्। प्रसाईंले केही दिन अघि पत्रकार सम्मेलन गरी डा. गिरीले आफूसँग २० करोड रूपैयाँ घुस मागेको आरोप लगाएका थिए।&nbsp;</p> <p>डा. गिरीको उजुरीपछि अनुसन्धान शुरू गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी सबिन प्रधानले <em>देखापढी</em>लाई बताए। &ldquo;प्रसाईंविरुद्ध अभद्र व्यवहारमा उजुरी परेपछि अनुसन्धान अघि बढाइसकेका छौं,&rdquo; उनले भने, &ldquo;अनुसन्धानपछि अदालती प्रक्रिया शुरू हुन्छ।&rdquo;</p>
प्रतिक्रिया दिनुहोस्