बीपी राजमार्ग एकतर्फी सञ्चालनमा काभ्रे। अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ र १२ को सिमानामा पर्ने माम्ती खोलामा आएको बाढीका कारण अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ। बाढीले बगाएर ल्याएको लेदो सडकमा थुप्रिएपछि राजमार्ग अवरुद्ध भएको थियो। प्रहरी, रोशी गाउँपालिका, सयक आयोजना र स्थानीयबासीको पहलमा लेदो हटाई एकतर्फी सञ्चालनमा ल्याइएको हो। सडक अवरुद्ध भएपछि शुक्रबार रातिदेखि सवारी साधन रोकिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्