काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सबाट माथिल्लो सदन सिनेटमा पठाउने प्रक्रिया शुरू भएको छ।
हाउस अफ रेप्रेजेन्टेटिभ्सले ट्रम्पविरुद्धको महाभियोगसम्बन्धी आरोपपत्रहरू माथिल्लो सदन सिनेटमा पठाउने प्रस्ताव पारित गरेको छ। अब ट्रम्पविरुद्धको महाभियोगसम्बन्धी प्रक्रिया सिनेटमा शुरू हुनेछ।
ट्रम्पविरुद्धको महाभियोगसम्बन्धी आरोपपत्रहरू सिनेटमा पठाउने प्रस्तावको पक्षमा २२८ मत र विपक्षमा १९३ मत खसेको थियो। विपक्षी डेमोक्र्याटहरूको बहुमत रहेको हाउस अफ रेप्रेजेन्टेटिभ्सले अघिल्लो महीना ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव पारित गरेको थियो। सिनेटमा भने रिपब्लिकन पार्टीको (ट्रम्पको) बहुमत रहेको छ।
सिनेटमा पढेर सुनाइएपछि आरोपपत्रहरूलाई आजै दिउँसो सार्वजनिक गरिने छ र २१ जनवरीमा महाभियोगसम्बन्धी सुनुवाइ शुरू गरिनेछ। शक्तिको दुरुपयोग गरेको र कङ्ग्रेसको प्रक्रियामा अवरोध आरोप ट्रम्पमाथि छ।
" /> काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सबाट माथिल्लो सदन सिनेटमा पठाउने प्रक्रिया शुरू भएको छ।हाउस अफ रेप्रेजेन्टेटिभ्सले ट्रम्पविरुद्धको महाभियोगसम्बन्धी आरोपपत्रहरू माथिल्लो सदन सिनेटमा पठाउने प्रस्ताव पारित गरेको छ। अब ट्रम्पविरुद्धको महाभियोगसम्बन्धी प्रक्रिया सिनेटमा शुरू हुनेछ।

">