हाइटीमा निजी विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु एजेन्सी। हाइटीमा एउटा निजी विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २ जना अमेरिकी रहेका छन्। राजधानी पोर्ट–ओ–प्रिन्सबाट दक्षिण पश्चिम क्षेत्रमा विमान दुर्घटना भएको हो। सो विमानमा रहेका सबै ६ जनाको मृत्यु भएको छ। देशको दक्षिणी तटीय सहर जाक्मेल जान उडेको विमान स्थानीय समय अनुसार शुक्रबार बेलुका दुर्घटना भएको हो। दुर्घटनाको कारण भने खुलेको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्